नेभिगेशन
समाचार

रास्वपाका सभापति लामिछाने र मलेसियास्थित नेपाली राजदूतबीच भेटवार्ता

काठमाडौं - मलेसियामा रहेका रास्वपाका सभापति रवि लामिछाने र त्यहाँस्थित नेपाली राजदूत डिल्लीराज पौडेलबीच भेटवार्ता भएकाे छ। लामिछानेले पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसहित राजदूतसँग भेट गरेका हुन् ।

उनीहरुबीच मलेसियामा रहेका नेपाली कामदारले भोग्दै आएका समस्या र दूताबासले दिने सेवा थप प्रभावकारी बनाउने विषयमा छलफल भएको रास्वपाले जनाएको छ।
छलफलमा सभापति लामिछानेले प्रवासमा रहेकाका लागि सम्बन्धित देशमा रहेको दूतावास अभिभावकीय भूमिकामा रहनुपर्ने भन्दै मलेसियामा रहेका सबै नेपालीको पीरमर्का र समस्यामा गम्भीर भएर संभव भएसम्म छिटो समाधान दिन अनुरोध गरेका थिए।

राजदूत पौडेलले सीमित स्रोत–साधनका कारण चाहेजस्तो सेवा दिन कठिन भए पनि समस्यामा परेको सबैलाई समान व्यवहार गर्ने गरिएको जानकारी दिए। राजदूत पौडेलले सातामा एक दिन (शुक्रबार) फेसबुक लाइभमार्फत पनि सहजीकरण र महिनामा एकपटक ’मोवाइल एम्बेसी’ अभियान सञ्चालन भइरहेको पनि अवगत गराएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार