Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुर्गा प्रसाईंको कटाक्षकी केन्द्रविन्दु डा. कार्की किन हुन्छिन् आफ्नै बयानकी बिरोधाभाष?

मंगलबार, मंसिर १९, २०८०

काठमाडौंछोटो समयमा नै चर्चामा आएकी नेत्री हुन् प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्की। उनले निर्वाचनमा जित निकालेर मात्र होइन, बेलामौका दिने बयान र महाअभियान चलाइरहेका दुर्गा प्रसाईंले गर्ने कटाक्षका कारण पनि चर्चा कमाइन्।

गत निर्वाचनमा मुख्य दलसित रुष्ट मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मार्फत प्रतिनिधि सभा छिर्ने जित निकालेकी डा. कार्की नोटिसमा रहने सांसदका रुपमा पर्छिन्।

प्रतिनिधि सभाका बैठकमा उनका उपस्थिति र प्रश्न गराई जनतासँग जोडिएका छन्। अर्कातिर उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारकी महिनादिने स्वास्थ्य राज्यमन्त्री पनि बनेकी थिइन्।

बीबीसी साझा सवालमा प्रश्न गरेका कारण नै केही चर्चामा आएकी उनलाई रास्वपाले ललितपुर३ बाट टिकट दियो। अदालतमा परेका उजुरी र सफाईका आधारमा उनको चर्चा चुलियो। जसका कारण माओवादीकी हेवीवेट उम्मेदवार मानिएकी पम्फा भुसाललाई पराजित गर्दै कार्की निर्वाचित भइन्।

तर कतिपय स्थितमा आफ्ना बयान र तर्कका कारण नै विवादमा आउने उनी पछिल्लो समय रास्वपाको पदाधिकारी चयनमा असन्तुष्ट थिइन्। त्यसैले उनले प्रश्न गरिन्विधिको शासन?

यहि प्रश्नको केन्द्रविन्दुमा रहेर उनी रुष्ट रहेको चर्चा सर्वत्र हुन थाल्यो।

पदाधिकारीमा स्थान नपाउँदा रुष्ट डा. तोसिमा कार्कीले पार्टीमा विधिको शासन नरहेको स्पष्ट हुनेगरी लेखिन् तर रास्वपा सभापतिको आलोचना भएपछि फेरि उनले बोली फेरिन्। उनले रास्वपा आगामी निर्वाचनमा अझ बलियोगरी उदाउने दाबी गर्दै लेखिन्– 

के रे के रे? फुट्ने रे? कल्पना पनि नगर्नूस्, हुँदैन। हामी त्यसो हुनै दिँदैनम्। साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने! चौरासी त हुन्छ हुन्छ! हुनैपर्छ।

जनताले देश भित्रै सम्भावना र समृद्धि देख्न पाउनै पर्छ। साना दौडमा हिँड्या होइनौं, देश बनाउन हिँड्या हौं, देश बनाउन! ठूलो छाती, ठूलो मुटु लिएर हिँड्या छौं। त्यसैले कोसिस नगर्नूस्, सक्नुहुन्न! घण्टी त बज्छ बज्छ। चौरासीमै बज्छ। बरु आउनुस् तपाईंहरू पनि यो महाअभियानमा नछुट्नुस्।

विधिको शासन? ए ए, सबैले आआफ्नै व्याख्या प्रतिव्यख्या गर्नुभएछ! विधिको शासन देश मै छैन हजुर! सरकारमै छैन। स्वास्थ्य मन्त्रीको हर्कतमा छैन। न्यायलयमै छैन! निराश नहुनुस्, सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाँड्छौं।

उनले विषयलाई अर्को अर्थमा व्याख्या गर्ने प्रयास गरेको कतिपयको बुझाई छ।

खासमा पार्टीको पदाधिकारीमा उनले आफूलाई उभ्याउन चाहेकी थिइन्। रास्वपा स्रोतका अनुसार कार्कीले कम्तिमा सहमहामन्त्रीको पदका निम्ति आशक्ति देखाएकी थिइन्।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्