नेभिगेशन
समाज विविध

विमास्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ

काठमाडौँ - त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन्। 

विमानस्थल भन्सार कार्यालयले फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मार्फत दुबईबाट आएका गोरखाका चन्द्र घले र मिन बहादुर घलेलाई बिहीबार राती पौने १२ बजे विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको प्रमुख डा.टोकराज पाण्डेले बताए । 

विमानस्थल प्रमुख डा. पाण्डे नेतृत्वको टोलीले मध्यराती विशेष सुराकीका आधारमा खानतलासी गर्दा सुनका बिस्कुटहरू बरामद गरेको हो । घलेसहित सो कार्यमा संलग्न गोरखाकै मिन बहादुर घलेलाई पक्राउ गरी प्रहरी थप अनुसन्धान र कारबाहीका लागि हिरासतमा राखिएको डा. पाण्डेले जानकारी दिए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता