Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोपा अमेरिका २०२४ को खेल तालिका सार्वजनिक

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौँ - आगामी जुनमा हुने कोपा अमेरिका २०२४ को खेल तालिका ‘ड्र’ सार्वजनिक भएको छ।

samridhi jewllers

दक्षिण अमेरिकी महादेशको प्रतियोगिता भए पनि उत्तर तथा मध्य अमेरिकी राष्ट्रहरू समेत सहभागी हुने यस प्रतियोगिता अमेरिकामा आयोजना हुन लागेको हो।

प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० र उत्तर र तथा मध्य अमेरिकी क्षेत्रबाट ६ गरी कूल १६ टोलीले सहभागिता जनाउनेछन्।

उत्तर अमेरिकाबाट कोनकाकाफ नेसन्स लिग २०२३-२५ को शीर्ष चारमा रहेका आयोजक अमेरिकासहित मेक्सिको, जमैका र पानामा सिधै छनोट भएका हुन् भने बाँकी दुई टिमको टुङ्गो प्लेअफबाट लाग्नेछ।

आज बिहान सार्वजनिक ड्र अनुसार साविक विजेता तथा विश्व विजेता अर्जेन्टिना समूह ‘ए’ मा छ। यस समूहमा पेरु र चिली पनि छन्। कोनकाकाफ क्षेत्रको एक टिम यो समूहमा पर्नेछन्।

यस्तै समूह ‘बी’ मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका छन् । समूह ‘सी’ मा आयोजक अमेरिका सहित उरुग्वे, पानामा र बोलिभिया छन्।

समूह ‘डी’ मा ब्राजिल, कोलम्बिया, पाराग्वे छन्। यस समूहमा पनि कोनकाकाफ क्षेत्रको एक टिम हुनेछ।

२०२४ जुन २० देखि जुलाई १४ सम्म हुने कोपा अमेरिका अमेरिकाका विभिन्न १४ शहरमा सञ्चालन हुनेछ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्