नेभिगेशन
अर्थ विविध

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, के-केमा भयाे परिवर्तन ? (पूर्णपाठसहित)

काठमाडाैं- नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। जसमा घरजग्गाकाे कर्जा र शेयर धितो कर्जाको जोखिमभार घटाएको छ।

राष्ट्र बैंकले रियलस्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरिदिएको छ। ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाइ दिएको छ। ५० प्रतिशतको अनुपातलाई बढाएर ६० प्रतिशत पुर्‍याइदिएको हो। यसले निर्माण क्षेत्र चलायमान बनाउन मद्दत गर्ने छ।

बैंकले घर कर्जालाई प्रवर्धन गर्न विशेष स्किम ल्याएको छ। २०८० कात्तिकको भुकम्पले घर क्षतिग्रस्त भएकाहरुलाई कर्जा सुविधाको व्यवस्था गरिएको छ।

२५ लाख रुपैयाँसम्मको आवासीय घर कर्जामा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम लिन नपाउने ब्यवस्था गरिएको छ। राष्ट्र बैंकले बजारको ब्याज दर घटाउने गरी नीतिगत दरहरु संशोधन गरेको छ। बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारिएको छ।

राष्ट्र बैंकले ब्याजदर घटाउन पहलस्वरुप नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा ल्याएको छ भने निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ।अब बैंकहरुले ब्याजदर थप घटाउने छन्।

बजार चलायमान बनाउन राष्ट्र बैंकले मौद्रिक र नियामकीय दुवै पक्षलाई समेटेर समीक्षा गरेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्