नेपाल इन्जिनियरिङ सेवातर्फका चार उपसचिव सहसचिवमा बढुवा सिफारिस
काठमाडौँ - चार जना उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले नेपाल इन्जिनियरिङ सेवातर्फ चार जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूहको हाइवे उपसमूहतर्फका उपसचिव नरेन्द्र सुवेदी र दीप वाराही सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।
यस्तै नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूहको स्यानिटरी उपसमूहतर्फका उपसचिव नारायणप्रसाद आचार्य र टिकाबहादुर चौधरी सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८० १९:१०
प्रतिक्रिया दिनुहोस्