यू–१९ एसिया कप क्रिकेट : आज दुई खेल हुँदै
काठमाडौँ - संयुक्त अरब इमिरियट्स (युएई) मा जारी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत शनिवार दुई खेल हुँदैछन् ।
आज समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा युएईले बंगलादेशको सामना गर्नेछ । दोस्रो खेलमा श्रीलंका र जापानबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजे सुरु हुँदैछन् ।
समूह ‘ए’मा रहेका नेपाल, पाकिस्तान, भारत र अफगानिस्तानले एक एक खेल खेलिसकेका छन् । शुक्रबार भएको खेलमा पाकिस्तान र भारतले विजयी सुरुवात गरेका हुन् ।
पाकिस्तानले नेपालमाथि र भारतले अफगानस्थानमाथि सात-सात विकेटको जित निकालेका हुन् ।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । पहिलो खेलमा पाकिस्तानसँग नमिठो हार खाएको नेपालले अर्को खेल मसिंर २४ गते अफगानिस्तान र २६ गते भारतसँग खेल्नेछ ।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८० ०७:१४
प्रतिक्रिया दिनुहोस्