नेभिगेशन
समाचार

मध्य पहाडमा उक्लिएका ओली

काठमाडौंडडेल्धुराको गन्याधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई टेलिफोन गरी हालखबर सोधेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई नयाँ संचारमा अगाडि बढाएका छन्।

पत्नी राधिका शाक्यसहित एमालेको मध्य पहाडी अभियानको यात्रामा रहेका ओली केन्द्रीय राजनीतिको घेराबन्दीलाई तल्लो तहको स्थिति देखाएर चिर्न खोजिरहेका छन्। अहिलेसम्म उनको यात्रा गतिशील भए पनि कोशी प्रदेशमा पहिचानवादीका नाममा हुने प्रतिरोध कसरी हुनेछ भन्नेचाहिँ चासोको विषय बनेको छ।

यद्यपि, चौतर्फी घेराबन्दीबीच पार्टीको सांगठनिक स्थिति जनतासँगको साक्षात्कारमा ओलीको यात्रा नवीनतम् देखिएको प्रतिक्रिया आइरहेका छन्।

गठबन्धनका नाममा मूलधारका पार्टी मात्र होइन, सडकमा उत्रिएका सो कल्ड राजावादीदेखि नयाँ दल स्वतन्त्र बिजेता पनि एमालेमाथि निरन्तर आक्रमण गरिरहेका बेला प्रत्याक्रमण यात्रामा मध्य पहाडमा उक्लिएका छन्, ओली।

नेताहरूको डफ्फा बोकेर गाउँ सहर घुमिरहेका ओलीले एमालेलाई जनतामाझ त्राण दिने प्रयास गरिरहेका छन्। बुढापाका युवाबीच एमालेको संचार गरिरहेका छन्।

एमालेको यो यात्रा ताकत देखाउने होइन, जनतासँग नजिक रहेको पार्टीका रुपमा महसुस गराउने प्रयास पनि हो, एक नेता भन्छन्,‘एमालेमाथि चौतर्फी आक्रमण भए पनि जनताबाट प्रेरितसहित प्रिय रहेको भन्ने देखिइसकेको छ।

त्यसो एमाले विभाजन भएपछि शक्ति क्षयीकरण भएको टिप्पणी हुँदै आएको थियो। तर, गत निर्वाचनमा गठबन्धनविरुद्ध मैदानमा एमालेको जितले अब संगठन सुदृढिकरणको आवश्यक मात्र रहेको संश्लेषण भएको थियो।

एमालेमा केही क्षति भएको हो, एमालेलाई पूर्ण क्षती लागेको होइन। यो यात्राले एमालेको क्षयीकरण भएको शक्ति फेरि पनि परिपूर्ती हुने स्पष्ट देखिएको , एमालेका नेताहरू बताउँछन्।

यो यात्राको आकर्षण त्राणका लागि मध्य पहाडमा अध्यक्ष ओलीको सक्रियता अलौकिक रहेको पनि टिप्पणी भएको छ। कतै नौ बर्षका बालकको अर्जी कतै जनताको मर्जीलाई ओली सुनिरहेका छन्। तस्बिर खिच्दै, बाध्य बादन बजाउँदै पार्टीको अभियानमा सक्रिय रहेका ओलीले भनेका छन्,‘एमाले एक्लै ठूलो जनमानसको शक्ति हो, यो यात्राले अनुमोदन गरिसकेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार