नेभिगेशन
खेलकुद
नेपाल सुपर लिग–२

अपराजित काठमाडौँमाथि बुटवलकाे जित

काठमाडौँ–  नेपाल सुपर लिग–२ मा काठमाडौं रेजर्स एफसीको अपराजित यात्रा तोड्दै बुटवल लुम्बिनी एफसी लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा शनिबार साँझ अपराजित काठमाडौँलाई २–१ ले पराजित गर्दै बुटवलले सिजनको दोस्रो जित दर्ता गर्दै लगको तेस्रो स्थानमा उक्लिएको हो ।

खेलको २९औं मिनेटमा बिनोङले गोल गर्दै बुटवललाई अग्रता लिाए । बुटवलका लागि सिजनमा उनको यो तेस्रो गोल हो ।

६१औं मिनेटमा बुटवलले दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनायो । जिलेस्पीको पासमा एरिक विष्टले बक्सको बाहिरबाट बटम कर्नरमा सटिक प्रहार गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए ।

खेलमा थपिएको समयको छैठौं मिनेटमा भने काठमाडौँले एक गोल फर्काउन सफल भयो । एनकेन्गवे जुनियरको पासमा राजीव लोप्चनले सिक्स यार्ड बक्स भित्र बाट गोल गर्न सफल भएका थिए ।

पहिलो खेलमा जित हासिल गरेपछि लगातार बराबरी खेलेको काठमाडौँले चौथो खेलमा आएर हारको सामना गर्नुपर्यो । बुटवल ५ खेलमा ७ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । काठमाडौं भने ४ खेलमा ५ अंकका साथ पाँचौ स्थानमा झर्यो ।

आइतबार ललितपुर सिटी एफसी र एफसी चितवनले खेल्नेछन् । खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय