Nic Ad Nic Ad
Nic Ad Nic Ad
फेरि समातियो साढे ६ किलो सुन

शोभराजले हात्ती छिराउँछु भन्थे, तस्करले सुनै सुन छिराए

आइतबार, मंसिर २४, २०८०

काठमाडौंतस्करीको सुन छिराउने अखडाका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ परिचय स्थापित हुने क्रममा छ। १४ किलो सुन समातिएको विमानस्थलमा फेरि साढे ६ किलोसहित विदेशी नागरिकलाई नियन्त्रणमा लिइएको छ।

भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो। जबकि, पार भइसकेको सुनसहितका कतिपय प्रकरणको छानबिनका लागि उच्च स्तरीय टोली अहिले पनि अनुसन्धानमा सक्रिय रहेको छ। 

सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। भन्सार क्षेत्र कटेपछि उक्त सुन नियन्त्रणमा लिएर विदेशी नागरिकलाई पक्राउ गरिएको हो।

दुई सुडानी नागरिकहरुलाई पक्राउ गरिए पनि संलग्नता अस्वीकार गरिरहेका छन्। विगतमा यूएई हुँदै नेपालमार्फत भारतमा तस्करी हुने सुनमा पनि सुडानी नागरिकको संलग्नता देखिँदै आएको छ।

हङकङमार्फत पनि तस्करीको सुन पार गराइएको थियो।

सुनसहित समातिएका इजिप्टका नागरिक फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत ११ः५१ मा काठमाडौं अवतरण गरेका थिए। यही विमानमार्फत गोरखाका चन्द्र घले १४ किलो सुनसहित बिहीबार ११ः४० बजे अवतरण गरेका थिए।

प्रारम्भिक जाँचका क्रममा बरामद सुन भारततर्फ नै लैजाने गरी ल्याएको हुनसक्ने देखिएको छ।

यसअघि शुक्रबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवा नाकाबाट आएको दुई किलो अवैध सुन बरामद गरेको थियो। कार्यालयले तीन दिनअघि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन समेत बरामद गरेको थियो। त्यहाँ हुन्डीको साढे ३९ लाख रुपैंया समेत जफत पारी भन्सारलाई बुझाइएको र सुन प्रकरणमा पक्राउ गरिएकालाई ७ दिन म्याद थपिएको अपराध महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले क्यानडा नेपाललाई बताएका थिए।

भेपमा लुकाएर ९ किलो सुन ल्याएको समेत खुलेको थियो । यो मामिलामा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसँग सुन तस्करी र पैठारी अनुसन्धानका लागि बनेको उच्च स्तरीय समितिले बयान लिइसकेको छ। यहि क्रममा सुन तस्करीका घटना रोकिएका छैनन्।

त्रिभुवन विमानस्थलको सुरक्षालगायतको चेकजाँच फितलो रहेका कारणले नै विकिनी किलरका उपनामले चिनिने चाल्र्स शोभराजले हात्ती नै छिराउन सकिने टिप्पणी गरेका थिए। तर, अहिले तस्करले किलोका किलो सुन छिराइरहेका छन्। यसअघिको साढे ३३ किलो सुन प्रकरणको छानबिन हुँदा कम्तिमा साढे ३८ क्विन्टल तस्करीको सुन नेपाल हुँदै अन्यत्र गइसकेको पत्ता लगाइएको थियो।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्