अफगानिस्तानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
काठमाडाैं - यु–१९ एसियाकपमा अफगानिस्तानविरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ। दुबईको आइसीसी ऐकेडेमीको दोस्रो मैदानमा समुह ए मा रहेको नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो ।
नेपालले अफगानिस्तानविरुद्ध दुई परिवर्तन गरेको छ । विशाल विक्रम केसी र तिलक भण्डारी बाहिरिँदा हेमन्त धामी र दिपक बोहराले अन्तिम ११ मा स्थान दिइएको छ ।
नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० ११:४०
प्रतिक्रिया दिनुहोस्