Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा

आइतबार, मंसिर २४, २०८०

काठमाडौँ- सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ ।

अन्तिम सुनुवाइका लागि लामिछानेविरुद्धको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पाण्डेयको इजलासमा पेसी तोकिएको हो ।

लामिछानेलाई गत वर्षको कात्तिक १४ गते नाबालिगलाई जबरजस्ती करणी गरेको आरोप छ । उनीविरुद्ध गत वर्ष कात्तिकमै मुद्दा दायर भएपनि फैसला भने भइसकेको छैन ।

दुवै पक्षबाट बहस नोट पेश भएपछि आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्