भारतमा गुडिरहेको कारमा आगो लाग्यो, ८ जनाको जलेर मृत्यु
काठमाडौं- भारतको उत्तर प्रदेशको बरेलीमा गुडिरहेको कारमा आगो लाग्दा जलेर आठ जनाको मृत्यु भएको छ। । मृत्यु हुनेमा ७ जना युवा र एक बालक रहेका छन् ।
दुर्घटना शनिबार राति नैनिताल राजमार्गमा भोजीपुरा नजिक भएको हो । यहाँ तीव्र गतिमा रहेको अर्टिगा कार अनियन्त्रित भई डिभाइडर तोडेर अर्को लेनमा खसेको थियो । यसैबीच अगाडिबाट आउँदै गरेको डम्परमा कार ठाेक्किएको थियो ।
ट्रकमा ठोक्किएपछि कारमा आगो लागेको थियो। कार सेन्ट्रल लक भएका कारण भित्र रहेका यात्रु बाहिर निस्किन पाएनन्।
प्रहरीका अनुसार दुर्घटनामा परेकाहरु विवाह समारोहबाट निस्किएर घरतर्फ गइरहेका थिए।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० १३:४७
प्रतिक्रिया दिनुहोस्