Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित

आइतबार, मंसिर २४, २०८०

काठमाडौं- क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा कानुन व्यवसायीको तर्फबाट स्थगित गरिएको छ । चितवनमा नेपाल बार एसोसिएसनको गोष्ठीका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गरिएको हो ।

लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा आइतबारलाई पेसी तोकिएको थियो । अन्तिम सुनुवाइका लागि पेसी तोकिएकोमा शम्भु थापा लगायतका कानुन व्यवसायीहरू उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गराइएको लामिछानेका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

गत कात्तिक २३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट माग गरेको थियो । दुवै पक्षबाट बहस नोट पेस भएपछि आइतबार सुनुवाइका लागि पेशी तोकिएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्