Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौंबाट लुक्ला उडेको तारा एयरको आपतकालीन ढोकाको सिसा खस्याे

आइतबार, मंसिर २४, २०८०

काठमाडौं- काठमाडौंबाट लुक्लाका लागि उडेको तारा एयरको जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ ।

तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो । जहाजमा दुई जना प्यासेन्जर पनि थिए ।

जहाजको आपतकालीन ढोकाको सिसा काठमाडौंबाट उड्ने क्रममा केही भएको थिएन । ल्याण्ड गरेपछि मात्रै पाइलटले त्यसबारे जानकारी पाएका थिए । सिसा बाटोमै खसेको आशंका गरिएको छ ।

जहाज सकुसल अवतरण गरिएको बताइएकाे छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्