नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित
काठमाडौँ– एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।
युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा आइतबार भएको दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । शुक्रबारको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.३ ओभरमा नेपाललाई २६१ रनको विशाल लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङमा नेपालका अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाए । क्याप्टेन देव खनालले २४, गुल्सन झाले १७, दीपक बोहोराले १५ र दीपेश कँडेल ११ रन बनाएर मैदानबाट बाहिरिए । अन्य खेलाडीले नेपालका लागि दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका हेमन्त धामी, सुवास भण्डारी र गुल्सन झाले समान दुई–दुई विकेट लिए भने आकाश चन्द र दीपेश कँडेलले समान १–१ विकेट लिन सफल भए ।
त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानका लागि जमसिद जद्रानले शतकीय इनिङ खेल्न सफ भए । १५२ बल खेलेका उनले टिमका लागि सर्वाधिक १०६ रन जोडे् । खेलमा घाइते भएपछि उनी मैदानबाट बाहिरिन पुगे । त्यस्तै, नुमन साहले ६०, रहिमुल्लाह जुरमतिले ३५, बफिउल्लाह तरखिलले १५, खलेल अहमदले १३ र खलिद तनिवालले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
अफगानिस्तानका फरिदुन दाउद्दजाई र नसिर खान मरुफखिलले समान तीन–तीन विकेट लिन सफल भए । त्यस्तै, मोहम्मद युनिसले दुई तथा बहिदुल्लाह जद्रान र खलेल अहमदले समान एक–एक विकेट लिए ।