Nic Ad Nic Ad
Nic Ad Nic Ad
बाला चतुदर्शी औसीँ

पितृको सम्झनामा महादीपदान गर्न पाशुपतीमा लाखौँ भक्तजन [तस्बिरहरु]

आइतबार, मंसिर २४, २०८०

काठमाडौँ– दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा गरिने महादीपदानका लागि लाखौँ भक्तजनको भीड लागेको छ ।

प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा यो मेला लाग्ने गर्छ । पशुपतिनाथलगायत देशभरका शिवालयमा अहिले बेलुकी दिवङ्गत पितृका नाममा बत्ती बालिएको छ ।

Pashupati_bala-chaturdashi_rssphoto2-1702218000.JPGकाठमाडौँ पशुपतिनाथ मन्दिर परिसरमा बाला चतुदर्शी औसीँको अघिल्लो दिन पितृको सम्झनामा बती बाल्न आएका सर्वसाधारणहरुको घुइँचो । तस्बिर : हरिराम भेटुवाल/रासस

मङ्सिर २५ गते सोमबार बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रको विशेषगरी मृगस्थलीमा शतबीज छरिन्छ । यसका लागि आज बिहानैदेखि लाखौँ भक्तजन पशुपति क्षेत्रमा आएका छन् । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीको बिहान पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छर्ने गरिन्छ ।

mahadeep-1702217568.JPG

यस पर्वका लागि कोषले पशुपतिनाथको पूर्वी ढोकाअघिको वाग्मतीबाट पारि जान बाँसको अस्थायी पुल निर्माण गरेको छ । यसैगरी शतबीज मार्गमा बत्ती राखिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

Pashupati_bala-chaturdashi_rssphoto1-1702218000.JPGकाठमाडौँ पशुपतिनाथ मन्दिर परिसरमा बाला चतुदर्शी औसीँको अघिल्लो दिन पितृको सम्झनामा बती बाल्न आएका सर्वसाधारणहरुको घुइँचो । तस्बिर : हरिराम भेटुवाल/रासस

कोषले पशुपति क्षेत्रमा पर्याप्तमात्रामा धारा र शौचालयको व्यवस्था पनि गरेको छ । पशुपति क्षेत्रका भष्मेश्वर, बोडेपाटी, बाहिरी पश्चिम ढोकाअघि र राममन्दिरमा धुनी जगाउने व्यवस्था गरेको छ । पर्वका अवसरमा कोषले रोपेको बिरुवा नमास्न, ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न कोषले भक्तजनसँग आह्वान गरेको छ । –रासस

Pashupati_bala-chaturdashi_rssphoto3-1702218000.JPGकाठमाडौँ पशुपतिनाथ मन्दिर परिसरमा बाला चतुदर्शी औसीँको अघिल्लो दिन पितृको सम्झनामा बती बाल्न आएका सर्वसाधारणहरुको घुइँचो । तस्बिर : हरिराम भेटुवाल/रासस

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार