Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल सुपर लिग २

पोखरामाथि काठमाडौँको रोमाञ्चक जित

सोमबार, मंसिर २५, २०८०

काठमाडौँ– नेपाल सुपर लिग २ को खेलमा पोखरा थन्डर्समाथि काठमाडौं रेजर्स एफसीले रोमाञ्चक जित दर्ता गरेको छ ।

दशरथ रंगशालामा आज भएको खेलमा पोखराले दोस्रो हाफमा अग्रता लिएपनि इन्ज्युरी समयमा काठमाडौँले गोल गर्दै २–१ को रोमाञ्चक जित दर्ता गरेको हो । 

पहिलो हाफमा काठमाडौंविरुद्ध हावी बनेको पोखराले बिट गर्न सकेन । खेलको ५९औं मिनेटमा पोखराले खेलमा अग्रता लियो । अन्नोरको बक्स बाहिरबाट लिएको प्रहार एन्जलले समात्न नसकेपछि आयुष घलान पुगेर बल एन्जललाई बिट गर्दै गोल गरे ।

तर, खेलको ८३औं मिनेटमा मिनेटमा काठमाडौँले खेलमा बराबरी गर्यो । दिपेश गुरुङको पासमा एन्केन्गवेले बक्सको छेउबाट कुना च्यापेर गरेको प्रहार प्रिसोले बचाउन सकेनन् र काठमाडौँ खेलमा फर्कियो । लगत्तै, थपिएको समयको तेस्रो मिनेटमा तोजिदीनोभको पासमा फरवार्ड जोकिर उगली शोख्रुखले गोल गरेपछि काठमाडौँले जित सुनिश्चित गर्न सफल भयो ।

यस जितसँगै काठमाडौं ८ अंक जोडेर धनगढीको साथमा  लिगको शीर्ष ३ मा पुगेको छ । शीर्षस्थानको ललितपुरको ९ अंक छ । पोखरा ८ अंकसाथ तेस्रो स्थानमा छ ।

मंगलबार हुने खेलमा झापा फुटबल क्लब र बुटवल लुम्बिनी एफसी खेल्नेछन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्