Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज पशुपतिमा सर्वसाधारणले तीन घण्टासम्म नागमणि हेर्न पाउने

मंगलबार, मंसिर २६, २०८०

काठमाडौँ - पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मङ्गलबार बिहान सर्वसाधारणका लागि पशुपति मन्दिरको पश्चिमढोकाअघि प्रदर्शन गरिने भएको छ ।

मङ्गलबार बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन मन्दिरको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई वर्षभर सुरक्षित राखिएको छ भनेर सर्वसाधारणलाई देखाउने गरिन्छ । 

आज पशुपतिनाथको पश्चिमढोकाअघि देखाइने उक्त सामग्रीलाई आइतबार सर्वसाधारणका लागि भनी प्रदर्शन गरिएको थियो । मङ्गलबार अब एक वर्ष सम्म यी वस्तु सुरक्षितसाथ राखिने भनी भण्डारको तेस्रो तलामा राख्ने तय भएकाले मन्दिरमा आउने सबैलाई आज अन्तिम पटक दर्शन गर्न देखाउने परम्परा रहेको छ । 

बहुमूल्य नागमणि,एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई कोषका अधिकारी, प्रहरीलगायत सरोकारवाला निकायका प्रतिनिधिको निगरानी र रोहवरमा प्रत्येक महिना मन्दिरमा भण्डारी परिवर्तन हुँदा बुझाउने गरिन्छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्