Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनएसएल : आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम भिड्दै

बुधबार, मंसिर २७, २०८०

काठमाडौँ  - काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुने भएको छ ।

दशरथ रङ्गशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । ५ खेलमा तीनमा हार एकमा जित तथा एकमा बराबरी खेलेको इलाम तालिकाको आठौं स्थानमा छ ।

यस्तै, वीरगञ्जले ४ खेलमा दुईमा बराबरी र दुईमा हार ब्यहोरेको छ । वीरगञ्ज दुई अंकका साथ तालिकाको पुछारमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको खेलमा झापा फुटबल क्लबले पहिलो जित निकालेको छ । झापाले बुटवल लुम्बिनीलाई १-० गोलले पराजित गर्‍यो ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्