Nic Ad Nic Ad
Nic Ad Nic Ad

जलवायु परिवर्तन सम्बन्धी अध्यापनमा विश्वविद्यालयकाे योगदान उल्लेखनीय : प्रधानमन्त्री

बुधबार, मंसिर २७, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं विश्वविद्यालयमा जलवायु परिवर्तन र वातावरणसम्बन्धी अध्ययन–अध्यापन गरिरहेका प्राध्यापक र वैज्ञानिकहरूले यस क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको बताएका छन् ।

बुधबार काठमाडौं विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहको प्रथम चरणको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले कोप–२८ सम्मेलनमा काठमाडौं विश्वविद्यालयका वैज्ञानिकहरूले ऊर्जा सङ्क्रमण (इनर्जी ट्रान्जिसन) मा हासिल गरेको प्राविधिक उपलब्धिलाई कार्यान्वयन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग गहन छलफल गर्न सफल भएकाे बताए ।

उनले नेपालमा अवसर छैन भन्ने भाष्यको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेकाे बताए । उनले भने, ’म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ ।‘

प्रधानमन्त्री दाहालले २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक रहेकाे र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्