Nic Ad Nic Ad
Nic Ad Nic Ad

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

बिहीबार, मंसिर २८, २०८०

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा रहेको छ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७४ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०६:२८
प्रतिक्रिया दिनुहोस्