Nic Ad Nic Ad
Nic Ad Nic Ad
अमरेशकाे आवाज

पहिला ‘भाउजू’को बिरोध गरे, अहिले ‘दिदी’को हुर्मत लिँदैछन् सांसद अमरेश सिंह

बिहीबार, मंसिर २८, २०८०

काठमाडौं– ०७९ को निर्वाचनमा उम्मेदवारी दिने मात्र होइन, नेपाली कांग्रेसबाट नै कारबाही गरेपछि सर्लाही–२ मा स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधि सभा प्रवेश गरेका सांसद अमरेश सिंह यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरोधमा आवाज उठाइरहेका छन् । 

एनसेल प्रकरण जोडेर बलियो आवाज उठाइरहेका उनले यसको सबै कारोबारचाहिँ प्रचण्डकी छोरी गंगा दाहालले गरिराखेको भनेर कडा आलोचना गरिरहेका छन् । एक हिसाबले सिंहले गंगाको हुर्मत नै लिएका छन् । प्रधानमन्त्रीको स्वकीय सचिवालयमा रहेकी गंगा पछिल्ला कालमा विवाद र चर्चामा आउने अनेक कारण मध्य सिंहको बिरोध पनि एक हो ।

यसअघि प्रचण्डले भारत भ्रमणका बेला प्रोटोकल नै तोडेर भेटवार्तामा सरिक गराएको भनी एमाले अध्यक्ष केपी शर्मा ओलीले सदनमा नै जवाफ मागेका थिए। त्यसबेला पनि गंगाको चर्चा थियो ।

अहिले सांसद सिंहले एनसेलको शेयर बिक्रि प्रकरणमा गंगामार्फत डिल भइरहेको पनि बारम्बार बताउने गरेका छन्। यहाँसम्मकी दूरसञ्चार प्राधिकरणका प्रमुख पुरुषोत्तम खनाललाई गंगाले फोन गरेर यस प्रकरणमा कुनै पनि कानुनी अड्चन नराख्न भनी दबाब दिएको सिंहको आरोप रहँदै आएको छ ।

माओवादीहरु गंगालाई दिदी भनेर सम्बोधन गर्छन् । 

०६४ पछि नेपाली राजनीतिमा उदाएका सिंह निरन्तर निर्वाचन जित्दै आइरहेका छन्। उनलाई यसअघि भारतसँग सन्निकट रहेको सम्पर्क व्यक्ति भनिन्थ्यो । कांग्रेस आईको सरकार रहेका बेला भारतीय गुप्तचर संस्था रअसित सम्बन्ध रहेको भनी सिंहबारे टिप्पणी हुने गर्दथे । भारतमा भारतीय जनता पार्टीको सत्ता आएपछि भने उनलाई किनारा लगाइएको चर्चा छ । भाजपासँग निकट मानिने कांग्रेस सर्लाहीका जिल्ला सदस्य विकास ठाकुर सिंहविरुद्ध सक्रिय रहेका कारण पनि यत्ति अनुमान गर्न सकिन्छ । ठाकुरले सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिने व्यक्ति हुन् ।

‘सिंह विवादीत मानिस हुन् । तर, पछिल्ला चरणमा उनले उठाएका विषय रोचक मात्र होइन गहन छन् । ति विषयलाई नजरअन्दाज गर्न मिल्दैन, कतिपयमाथि खनिनुको कारणचाहिँ इगोको समस्या पनि होला’, सिंहनिकटस्थ भन्छन् ।

हुन पनि चुनावमा कांग्रेसबाट उम्मेदवार नबनाउन र कारबाहीका लागि आरजुको भूमिका बलियो रहेका कारण सिंह आक्रोशित थिए। सुरुका चरणमा उनले ‘आरजु भाउजू’को व्यापक आलोचना र विरोध गरे जसवापत उनीविरुद्ध उजुरी समेत परेको थियो । 

हुन पनि सत्ता र शक्तिको दुरुपयोगमा आरजु र गंगाको भूमिका कम छैन । सत्तामा रहँदा देउवा र प्रचण्डसँग भेट गर्नका लागि यी दुवैको अनुमति अनिवार्य छ। भनिन्छ नि, डिफ्याक्टो शक्ति हुन् ।

सांसद सिंह यी दुवैप्रति आक्रामक बनेका छन् । पहिला आरजुमाथि खनिएका सिंह अहिले गंगामाथि आक्रामक छन् । जसको बिरोध गर्नका लागि विवादीत माओवादी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा पनि मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार