Nic Ad Nic Ad
Nic Ad Nic Ad

१४ किलो सुन प्रकरण : विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ

बिहीबार, मंसिर २८, २०८०

काठमाडौं- १४ किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ सुपरभाइजर पक्राउ परेका छन् । उनलाई घटनाबारे छानबिन गर्न विमानस्थल भन्सार कार्यालयको समितिले नियन्त्रणमा लिएको हो ।

उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।

मङ्सिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट सो सुन ल्याएका हुन् । चन्द्र घलेको बयानका आधारमा सुन तस्करीमा संलग्न गोरखा घर भएका मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

घलेले सुन आगमन कक्षको डस्टबिनमा फालेर विमानस्थलबाट बाहिर ल्याउने गरी सुन कारोबारीहरूले योजना बनाएको खुलेको थियो । सोही अनुसन्धान गर्न सरसफाइ सुपरभाइजरलाई पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्