नेभिगेशन
खेलकुद
नेपाल सुपर लिग–२

चितवनलाई हराउँदै धनगढी लिगको शीर्षस्थानमा

काठमाडौँ– नेपाल सुपर लिग–२ मा अपराजित यात्रा कायम राख्दै धनगढी एफसी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा आज सम्पन्न खेलमा धनगढीले एफसी चितवनलाई १–० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको दोस्रो मिनेटमा धनगढीका ओलावाले आफिजले गरेको गोल नै खेलमा निर्णायक सावित भयो ।  रोहन कार्कीको पासमा ओलावालेले बक्सको दायाँ छेउबाट क्रस गरेको बल पोस्ट भित्र छिरेको थियो ।

त्यस्तै, पहिलो हाफकै इन्ज्युरी समयमा विमल घर्ती मगरले पेनाल्टीको अवसर खेर फाल्दा बराबरी गर्ने अवसरबाट चितवन चुक्यो ।  विमलको पेनाल्टी प्रहार गोलरक्षक टिकेन्द्र थापाले बचाए ।  

यस जितले धनगढी ५ खेलमा ३ जित र २ बराबरीका साथ ११ अंक जोड्दै शीर्षस्थानमा छ । चितवन भने ६ खेलमा १ जित, २ बराबरी र ३ हारका साथ ५ अंक जोड्दै सातौं स्थानमा कायम छ ।

लिग अन्तर्गत शुक्रबार झापा एफसी र ललितपुर सिटी एफसीबीच खेल हुनेछ । एनएसएलकै ५० औं खेलको अवसरमा टिकटमा ५० प्रतिशत छुट दिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद