Nic Ad Nic Ad
Nic Ad Nic Ad
व्यवस्था परिवर्तनको संघर्ष

राजा फर्काउन शिव सेनाले थाल्यो तयारी, स्थायी समितिको निर्णय के–के छन्?

शुक्रबार, मंसिर २९, २०८०

काठमाडौंव्यवस्था नै उल्टिने खतरा देखिएको भन्ने अहिलेका सत्ताधारी प्रतिपक्षी दलका लागि राजा फर्काउने आन्दोलन गरेका दुर्गा प्रसाईलगायतले नै चकित बनाइदिएका थिए।

उता राजसंस्थाको सैद्धान्तिक माग बोकेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि विभिन्न स्थानमा सभा गरिरहेको छ। यहि क्रममा गणतन्त्र विदेशीले लादेको निचोड निकालेको शिव सेना नेपालले पनि सडक संघर्षको तयारी थालेको छ।

राजा ज्ञानेन्द्र शाहको पहिलो घेरामा रहँदै आएको शिव सेना नेपालको स्थायी समिति बैठक बसी सडक संघर्षको पूर्वतयारीमा जुट्नका लागि केन्द्रीय समितिलाई निर्देशन दिएको अध्यक्ष अनिल बस्नेत बाबाले जानकारी दिए।

श्री ५द्वारा नेपाली जनताको नासो नेपाली जनतालाई बुझाएको नेपाली जनताद्वारा नै नासो श्री ५लाई फर्काएर नेपाल आमाको रक्षा नेपालीको कल्याण गरिनु पर्दछ, स्थायी समिति बैठकको निचोड सुनाउँदै अध्यक्ष बस्नेत भन्छन्,‘अहिले भएको व्यवस्था परिवर्तन गरी नेपालीको आफ्नै राजा जनताको व्यवस्था ल्याउनु पर्दछ। जुन कुरा शिव सेना नेपालले विगत १६ बर्ष अघिदेखि भन्दै आएको छ।

राजालाई फर्काउनु अनिवार्य रहेको भन्दै बस्नेत भन्छन्,‘स्मरण रहोस् जुन दिन महादेव पशुपतिनाथका सेना हामी सडक आउँछौ व्यवस्था परिबर्तन गरेरै छाडेने छौं। त्यो समयसम्म यो देशको मालिक नेपाली जनता हामीलाई साथ दिन तयार हुदै गर्नुस् उचित समयमा हामी आह्वान गर्नेछौं।

यसअघि शिव सेना नेपालले अघिल्लो बर्ष राजा ज्ञानेन्द्र परिवारको देशाटनका समयमा सुरक्षाको व्यवस्था मिलाएको थियो। पहिलो घेरामा रहेर सुरक्षा दिएको शिव सेनाले विशाल र्याली समेत देखाएको थियो।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्