Nic Ad Nic Ad
Nic Ad Nic Ad

गोपाल किराँतीः राकेश सूदलाई जुत्ता हाने, मोरियार्टीमाथि आक्रमण गराए

शुक्रबार, मंसिर २९, २०८०

काठमाडौंनेकपा एमालेको मध्य पहाडी संकल्प यात्राका क्रममापहिचानवादीका नाममा आक्रमणको नेतृत्व गराउने पूर्वमन्त्री गोपाल किराँती पहिलादेखि नै उदण्ड व्यवाहार भएका नेता हुन्।

उनी राजनीतिक भन्दा पनि अराजनीतिक गतिविधिका कारण सँधै चर्चामा रहेका थिए। माओवादीमा रहँदा कतिपय उदण्डताको नेतृत्व गरेका उनले पुष्पकमल दाहाल प्रचण्डलाई चुनौति दिँदै अर्को पार्टी पनि खोलेका थिए। तर, पछि फेरि माओवादीमा फर्किए अहिले छाडेर पहिचानवादीका नाममा सक्रिय छन्।

उनले नेपालका लागि तत्कालिन भारतीय राजदूत राकेश सूदमाथि सोलुखुम्बु एयरपोर्टमा जुत्ता प्रहार गरेका थिए।

फाप्लु विमानस्थलमा उत्रनासाथ खादा ओढाएर सम्मान गरिएका सूदमाथि विमानस्थलबाट बाहिरिन नपाउँदै जुत्ता प्रहार भएको थियो। सार्वजनिक ओहोदाको कुनै पनि व्यक्तिलाई जुत्ता हानिएको नेपालमा यो पहिलो घटना पनि थियो।

१४ बर्षअघि सन् २०१० को यस घटनाका कारण भारतले माओवादीलाई हेर्ने दृष्टिकोण नै फरक भएको थियो।

नेपाल एअरलाइन्सको विमानबाट झर्नासाथ आयोजकले उनलाई बाजागाजासहित खादा ओढाएर स्वागत गरेका थिए। तर, भित्र बाजागाजा भए पनि विमानस्थलबाहिर माओवादी कार्यकर्ताले भारतीय विस्तारवाद मुर्दावाद भन्दै नाराबाजी गरिरहेका थिए।

सूद विमानस्थलबाट बाहिर आएर गाडी चढ्न खोज्दा उनीमाथि माओवादी कार्यकर्ताले जुत्ता प्रहार गरेका थिए।

संविधान सभा सभासद् गोपाल किराँती अर्का सभासद् आङदावा शेर्पाले विरोध कार्यक्रमको नेतृत्व गरेका थिए। यसबेला किराँती माओवादीका पोलिटब्युरो सदस्य पनि थिए।

घटनापछि किराँतीले चीनविरोधी गतिविधि अघि बढाउन सूद सोलु पुगेको दाबी गर्दै भनेका थिए,‘चीनविरुद्ध अर्को खम्पा विद्रोह मच्याउने योजनाअनुसार सूद सोलु आएका हुन्। हामी त्यसो गर्न दिँदैनौँ।

यस्तै, किराँतीको नेतृत्वमा १७ बर्षअघि नेपालका लागि अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीमाथि पनि आक्रमण प्रयास भएको थियो।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादी युवा संगठन योंग कम्युनिष्ट लीग (वाईसिएल) का कार्यकर्ताद्वारा अमेरिकी राजदूत जेम्स मोरियार्टीमाथि दुई भएको आक्रमणप्रति दुःख प्रकट गरेका थिए।

पूर्वी नेपालको दमकमा भएको उक्त घटनाप्रति कोइरालाले व्यक्तिगतरुपमा यसअघि नै खेद प्रकट गरेका थिए। त्यसैबेला वाईसीएललाई योंग क्रिमिनल लीगको संज्ञा दिएका कोइरालाले प्रचण्डलाई बोलाएर चेतावनी दिएको पनि त्यसबेलाका प्रधानमन्त्रीका सल्लाहकारहरू सम्झन्छन्।

उनै किराँतीको नेतृत्वमा अहिले पहिचानका नाममा एमालेको अभियानमाथि भएको आक्रमण रोक्नका लागि प्रहरी परिचालन गरियो। किराँतीलाई पक्राउ गरी केही समय थुनामा राखिएको थियो।

यसैबीच, ओलीमाथि धनकुटामा एक युवकले आक्रमण गरेको विषय अहिले चर्चामा छ। एमाले कार्यकर्ता समर्थकले भने एक जना मदिरा सेवनकर्ताको आवेगलाई राजनीतिकरण गर्नुको अर्थ नरहने टिप्पणी गरिरहेका छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्