नेभिगेशन
अर्थ विविध

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं - नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्