Nic Ad Nic Ad
Nic Ad Nic Ad
पतनतिर महाअभियान

राजाले वास्ता नगरेपछि ‘हावादारी’ घोषणा गरेर हराए दुर्गा प्रसाईं

शुक्रबार, मंसिर २९, २०८०

काठमाडौंएक झमट राजसंस्था फर्किन्छ नै जस्तोगरी काठमाडौंमा प्रदर्शनसहित सम्बोधन गरेका विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईंको महाअभियान राजा ज्ञानेन्द्र शाहले चासो नदिएपछि तुहिएको छ।

प्रसाईंको महाअभियानलाई चर्चित बनाउनका लागि नेकपा एमालेको भूमिका बलियो रहेको थियो। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रतिरोध जस्तै गरेपछि प्रसाईंको प्रदर्शनप्रति चासो बढेको थियो।

तर, निरन्तर प्रदर्शन गर्दै जाँदा त्यो सिथिल बन्न पुग्यो। यसकारण पनि सिथिल भयो कि, उनले हावादारी घोषणा समेत गरिदिए। 

प्रसाईंको आन्दोलन हावादारी थियो भन्नेचाहिँ उनको पछिल्लो घोषणाले स्पष्ट पारिसकेको छ।

उपचारमा जानुअघि पत्रकार सम्मेलन गरेर मंसिर ३० गते समानान्तर सरकार गठन फागुन गते राजसंस्था पुनःस्थाति गर्ने प्रसाईंको घोषणा थियो। यो हिसाबले प्रसाईंको महाअभियानले शनिबार समानान्तर सरकार कहाँकहाँ घोषणा गरेर चलाउला?

उनको मुद्दामा समर्थन गरे पनि कतिपय व्यावसायीसहितका राजनीतिज्ञले विरोधाभाष चर्चा गरेका थिए। प्रसाईंको समर्थनमा देखिएका नेपाली कांग्रेसका सांसद सुनिल शर्माले एमालेसँग प्रतिरोध गर्नु ठिक नभएको प्रतिक्रिया दिएका थिए। तर, प्रसाईंले उठाएका मुद्दाको सम्बोधनचाहिँ हुनुपर्ने उनको जिकीर थियो।

प्रदर्शनमा ल्याइएका प्रायः मानिसलाई ऋण मुक्त गरिदिने आश्वासन दिइएको थियो। तर, त्यो सम्भव हुने नदेखेपछि आन्दोलनमा सहभागी हुने क्रम विस्तारै घट्यो, प्रसाईंको प्रदर्शनमा समर्थन गरेकाहरू भन्छन्,‘व्यवस्थित सैद्धान्तिक थिएन नै, व्यवाहारिक समेत नहुँदा आन्दोलनको औचित्य समाप्त भयो।

अर्कातिर निर्मल निवासले पनि प्रसाईंको अभियानलाई सन्निकट मानेर अपनत्वमा लिन नचाहेका कारण पनि सिथिल बन्न पुग्यो। यहाँसम्मकी राजाले एउटा सन्देशसम्म पनि नपठाएर त्यस प्रदर्शनमा कुनै चासो नरहेको सन्देश दिए जबकि उनी पर्सीपल्ट झापामा भएको पृथ्वीनारायण शाहको शालिक अनावरणमा सरिक भई नागरिक अभिनन्दनमा जुटे।

अघिल्लो बर्षको झापाबाट सुरु गरेको अभियानमा भने राजाको उपस्थितिका कारण राजसंस्था पक्षधर प्रसाईंको अभियानको प्रभाव पर्न सक्ने आँकलनमा थिए। विस्तारै उनले मधेसका केही जिल्लामा पनि राजसंस्था पक्षधरको समर्थनसहित मिटरब्याज पीडित, लघुवित्त पीडितको समर्थन पाए।

पाएको समर्थनलाई कसरी व्यवस्थित गर्ने रणनीतिक बन्ने भन्दा पनि हतारमा समानान्तर सरकार बनाउनेसहित राजसंस्था स्थापना गर्ने घोषणा गर्नु पत्यारलाग्दो भएन, प्रसाईंको समर्थनमा उत्रिएका शाही युवा शक्तिका एक पदाधिकारी भन्छन्,‘प्रसाईंको अभियानजसरी होइन, राजसंस्था स्थापना गर्नका लागि जनतामाझ राजाले नै आह्वान गरी एउटा माहौल बनाउनुपर्ने रहेछ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्