बालकृष्ण खाँणले बुझाए ३० लाखको बैंक ग्यारेन्टी
काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणले धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी बुझाएका छन् ।
खाँणले शुक्रबार जिल्ला अदालत, काठमाडौंमा पुगेर बैंक ग्यारेन्टी बुझाएका हुन् ।
बैंक ग्यारेन्टी बुझाएपछि जिल्ला अदालत काठमाडौँबाट उनलाई पुल्चोक लगिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराउन उनलाई पुल्चोक लगिएकाे हाे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १४:२२
प्रतिक्रिया दिनुहोस्