Nic Ad Nic Ad
Nic Ad Nic Ad

डा गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरबाट सुरु गरे अनशन

शुक्रबार, मंसिर २९, २०८०

धनगढी- पटक पटक अनशन बसेर राज्यमाथी आफना माग पूरा गराउन दवाव बढाउँदै आएका प्रा.डा. गोविन्द केसीले फेरि अनशन सुरु गरेका छन् ।

उनले पछिल्लो पटक तीन दिनसम्म अनशन बस्ने घोषणा गदैं शुक्रवार साँझबाट अनशन सुरु गरेका हुन् । यसपटक केसीले अनशनका लागि कैलालीको लक्ष्मीनारायण मन्दिरलाई अनशनस्थलका रुपमा रोजेका छन् । उनले लक्ष्मीनारायण मन्दीरबाट अनशन सुरु गरेका हुन् ।

सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा। केसीले तीनदिन अनशनमा बस्ने घोषणा गरेर अनशन सुरु गरेका हुन् ।

यसअघि अनशनमा बस्न धनगढी पुगेका उनलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरेका थिए ।

गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने मागसमेत रहेका केसीले गेटामा नै अनशन बस्ने तयारी गरेका थिए ।

तर आफूहरुको माग विश्वविद्यालय भएकाले केसीलाई साथ दिन नसक्ने भन्दै संघर्ष समितिका सदस्यहरुले विरोध जनाएपछि उनी लक्ष्मी नारायण मन्दिरमा पुगेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्