नेभिगेशन
समाज विविध

१६ जना सीडीओसहित २५ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं - गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित २५ सहसचिवको सरुवा गरेको छ। शुक्रबार मन्त्रालयले बन्धुप्रसाद बास्तोलालाई झापा, नारायणप्रसाद सापकोटालाई भोजपुर, शंकरहरि आचार्यलाई सुर्खेत र हरिप्रसाद घिमिरेलाई उदयपुरको सीडीओमा सरुवा गरेको छ।

मन्त्रालयले जनार्दन गौतमलाई तनहुँ, वीरेन्द्रकुमार यादवलाई गृह मन्त्रालय, हिरालाल रेग्मीलाई रौतहट, धर्मेन्द्रकुमार मिश्रलाई कैलाली, दिनेश सागर भुसाललाई पर्सा, युवराज कटेललाई गृह मन्त्रालय, विश्वप्रकाश अर्याललाई कपिलवस्तु र सुरेश पन्थीलाई नवलपरासी पश्चिम, सुनिता नेपाललाई स्याङ्जा, शशिधर घिमिरेलाई गृह मन्त्रालय सरुवा गरेकाे छ।

सहसचिव आनन्द काफ्लेलाई पाल्पा, प्रेम प्रसाद भट्टराईलाई मोरङ, भोला दाहाललाई गोरखा, नारायणप्रसाद अर्याललाई प्युठान, भरत खनाललाई सिन्धुली, महादेव पन्थलाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग र स्किम श्रेष्ठलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रालयले झक्कुप्रसाद आचार्यलाई सिन्धुपाल्चोक र जयनारायण आचार्यलाई सुनसरीको सीडीओमा सरुवा गरेको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता