र, उनी बिक्रम होइन सोमेन्द्रसिंह राठौर हुन्!
काठमाडौं– ‘म जे भन्छु त्यहि गर्छु’ भन्ने संवादले उत्कृष्ट भएको बलिउड फिल्म ‘राउडी राठौर’ प्रहरी अधिकारीलाई केन्द्रविन्दुमा राखेर बनाइएको छ ।
यो दक्षिण भारतीय फिल्मको संस्करणका रुपमा आएको कथाबस्तुमा केन्द्रित छ । अचम्म लाग्दा आरोह र अवरोहसहित एउटा अपराधीको मृत्युकथा लेख्छन्, मुख्य पात्र अर्थात् फिल्मका नायक बिक्रम राठौरले ।
तर यथार्थमा यति धेरै कलात्मक नभए पनि कथाबस्तुभन्दा फरक नरहेका कतिपय अधिकारी नेपाली प्रहरीमा पनि छन् । त्यस मध्यका एक हुन् प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौर ।
उपर्युक्त विषयबस्तु उठानको श्रृङ्खलाका दुई समान कारण छन् ।
पहिलो, नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखा प्रमुखको जिम्मेवारी पाएका व्यक्तिको प्रहरीकर्म, अर्को फिल्मका मुख्यपात्रको थरसँग मेल र जिम्मेवारी ।
एसएसपी राठौरको अहिलेसम्मको करिअरमा अपराधविरुद्ध खरो उत्रिनु त छँदै छ, अपराधमाथि मिहिन निगरानी र तेजस्वी अनुसन्धान हो ।
उनले अपराध महाशाखामा पहिला पनि उपप्रमुखको हैसियतमा सफल भूमिका निर्वाह गरेका थिए । त्यसक्रममा बालक निशान खड्काको निर्मम हत्या गर्ने अपहरणकारीसँगको इन्काउन्टर भएको थियो। राठौर तत्कालिन अपराध महाशाखा प्रमुख रहेका प्रहरीका पूर्वमहानिरिक्षक (आईजी) धिरजप्रताप सिंहको सेकेन्ड म्यान थिए ।
‘फिल्म, फिल्म हो । वास्तविकता फरक हो । फिल्म कलात्मक हुन्छ । वास्तविकता घोचकको धोतक हो । प्रहरी कर्म त्यहि धोतक हो । यसमा अब्बलता देखाउन सक्ने अफिसर फिल्मी होइन, यथार्थवादी हुन्छ। शालिनता, कठोरता र अनुसन्धानको अब्बलता नभएर राठौर किन महाशाखा प्रमुख हुन्थे र!’, उनका सहकर्मीहरू भन्छन् ।
‘दुई दिनमा तीनकुने हत्या प्रकरणलाई सुल्झाउन सक्ने अफिसर कम प्रभावकारी हो र ? आफ्नो टिमको विश्वासमा अपराधलाई न्यूनीकरण, अपराधीलाई त्रसित बनाउन सक्ने क्षमता राठौरमा छ ।’, प्रहरीका पूर्वआईजीहरू नै भन्छन् ।
इन्स्पेक्टर, डीएसपी र एसपी हुँदा पनि राठौरले अब्बलताका साथ काम गरेका थिए । यसैले पनि आफ्ना ब्याचीहरूमाझ पनि उनको नाम चर्चामा रहने गरेको छ ।
महाशाखाको जिम्मेवारी सम्हालेपछि उनी आउनासाथ लागुऔषध कारोबारीलगायतलाई पक्राउ गर्न गोली समेत चलिसकेका छन् । ‘प्रहरीको बन्दुक सजाउन राखेको हो र ? नियन्त्रणमा लिनका लागि चलाउनुपर्छ’ कुनै अन्तरवार्तामा पूर्वआईजी सर्वेन्द्र खनालले भनेका छन्,‘ अपराधी, गुन्डा र गुन्डा नाइकेलाई नतर्साए कसरी शान्ति सुरक्षा हुन्छ । प्रहरीले त्यति अधिकार प्रयोग गर्न सक्छ । प्रधानमन्त्री होस् कि कोही, प्रहरीले काम गर्छ, गरेर देखाउनुपर्छ ।’
राठौर खनालको नेतृत्वकालमा नै विशेष जिल्ला मानिने पर्साको प्रहरी प्रमुख थिए । सो जिल्लामा पनि उनले अब्बलताका साथ नेतृत्वकाल पूरा गरेका थिए । राठौर आफैं पनि भन्छन्,‘ जिम्मेवारीलाई कुशलता, इमानदारी र नागरिकको हक र सुरक्षाको लागि पूरा गर्ने हो। हामीले प्रहरीको काम गर्ने हो, त्यत्ति काम गर्दा मात्रै पनि जनतामा आशा जागृत हुँदै जान्छ ।’