Nic Ad Nic Ad
Nic Ad Nic Ad

इजरायली सेनाद्वारा १० जना आतङ्ककारी मारिए

शनिबार, मंसिर ३०, २०८०

एजेन्सि- जेनिनमा सञ्चालित आतङ्कवाद विरोधी अभियान ६० घण्टा सम्म चलेको र १० जनाभन्दा बढी आतङ्ककारी मारिएको बताइएको छ ।

इजरायली सेनाले जनाए अनुसार ती कारबाहीमा १० भन्दाबढी आतङ्ककारी मारिएका छन् । कारबाहीका क्रममा सेनाले सयौं भवनहरूमा खोजी गरेको र करिब ६० जना आतङ्कवादीहरूलाई गिरफ्तार गरेको बताएको छ ।

साथै ती आतङ्ककारीहरूबाट सेनाले विभिन्न प्रकारका ५० भन्दा बढी हतियारहरू, सयौं विस्फोटक पदार्थहरू र अमेरिकी डलर समेत गिरफ्तार गरेको छ ।

कारबाहीका क्रममा सेनाले जुडिया र सामरियाबाट १४ जना वान्टेड आतङ्कवादीहरूलाई पक्राउ गरेको छ । ती पक्राउ परेका मध्ये तीन जना आतङ्ककारी सङ्गठन हमाससँग सम्बन्धित रहेको बुझिएको छ ।

क्रमणमा आतङ्कवादीहरूले प्रयोग गरेका केही पूर्वाधारहरू समेत ध्वस्त पारिएका छन् ।

अपरेशनका क्रममा इजरायली वायुसेनाको विमानले आतङ्ककारीहरूको दुई वटा टोलीमाथि आक्रमण गरेको बताइएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्