नेभिगेशन
अर्थ विविध

तोलामा १३०० रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ-नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला एक लाख १७ हजार आठ सय रूपैयाँमा भइरहेको छ।

गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार तीन सय रूपैयाँले घटेको हो।

गत शुक्रबार सुन प्रतितोला एक लाख १९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबार एक लाख १८ हजार ८ सय रूपैयाँ थियो।

आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार भने चाँदी प्रतितोला एक हजार चार सय ७० रूपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्