Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिवाभञ्ज्याङमा ओलीले झन्डा फहराएपछि सकियाे एमालेको संकल्प यात्रा

आइतबार, पुस १, २०८०

पाँचथर- बैतडीको झुलालघाटबाट सुरु भएको नेकपा एमालेको संकल्प यात्रा पाँचथरको चिवाभन्ज्याङ पुगेर समापनभएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले चिवाभन्ज्याङको जंगे पिलरमा चन्द्र सूर्य फहराएर संकल्प यात्राको समापन गरेका हुन् ।

मङ्सिर १४ गतेदेखि सुरु एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आइतबार बिहान पाँचथरको चिवाभञ्ज्याङ पुगेको थियो।

अध्यक्ष ओली मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित संकल्प यात्रामा थिए।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्