Nic Ad Nic Ad
Nic Ad Nic Ad
राष्ट्रिय सभा निर्वाचन

राष्ट्रियसभा निर्वाचन : १२ दललाई चिह्न प्रदान [सूचीसहित]

आइतबार, पुस १, २०८०

काठमाडौं- माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले दर्ता पाएका छन् ।

निर्वाचन आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै निर्वाचनका लागि १२ वटा दल दर्ता गर्ने निर्णय भएको जनाएको हो ।

यस्तै आयोगले दर्ता गरिएका दलहरूलाई चिह्न प्रदान गरेको छ ।

आयोगले नेकपा (एमाले)लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, नेकपा (माओवादी केन्द्र)लाई गोलाकारभित्रको हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई हलो, जनता समाजवादी पार्टी (जसपा) नेपाललाई ढल्केको छाता निर्वाचन चिह्न प्रदान गरेको छ ।

यस्तै, जनमत पार्टीलाई लाउड स्पिकर, नेकपा (एकीकृत समाजवादी)लाई कलम, नागरिक उन्मुक्ति पार्टीलाई पिँध भएको सादा ढकिया, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई साइकल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)लाई मादल, राष्ट्रिय जनमोर्चालाई गिलास र नेपाल समाजवादी पार्टीलाई खुलेको आँखा चिह्न प्रदान गरिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्