राष्ट्रिय झण्डा आधा झुकाएर आज शोक मनाइँदै
काठमाडौं - नेपाल सरकारले आज (सोमबार) एक दिने शोक मनाउने भएको छ। कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधनमा नेपाल सरकारले शोक मनाउने भएको हो ।
आइतबार गृह मन्त्रालयले एक सूचनामार्फत मन्त्रिपरिषद्को निर्णयमा कुवेतका अमिरको सम्मानमा आज शोक मनाइन लागिएकाे हाे। मन्त्रालयका अनुसार साेमवार नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।
अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो।
प्रकाशित मिति: सोमबार, पुस २, २०८० ०६:५०
प्रतिक्रिया दिनुहोस्