Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनएसएल : आज धनगढी र काठमाडौँ भिड्दै

सोमबार, पुस २, २०८०

काठमाडौँ - काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौँ रेजर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

साँझ ६ बजे खेलाइने खेल दशरथ रङ्गशालामा हुनेछ । धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा रहँदा काठमाडौँ पनि शीर्षस्थानको धनगढीसँग अंक बराबरी गर्ने योजनामा हुनेछ ।

अहिलेसम्मका खेलमा धनगढी अपराजित रहेको छ । धनगढीले खेलेका ५ खेलमा तीनमा जित र दुईमा बराबरी गर्दै ११ अंक जोडेको छ ।

यस्तै, दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको काठमाडौँ ८ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्