नेभिगेशन
समाज विविध

काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली सुरु

काठमाडौं- काठमाडौं जिल्ला अदालतले आज (सोमबार) देखि टोकन प्रणाली सुरु गरेको छ। अदालतकाे काम व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि टोकन प्रणालीको सुरुआत गरेको जनाएकाे छ।

टोकन प्रणालीको सुरुआत गरेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको सुरुआत गरेको बताए ।

उनले काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउने  योजनाअनुसार आफूहरू अघि बढेको बताए ।

उनले भने, “काठमाडौं जिल्ला अदालतलाई व्यवस्थित र सहजीकरण होस् भनेर सेवा लिने दिने क्रममा भीड नहोस् भनेर काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली सुरु भएको छ । काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ भन्ने अवधारणामा हामी अघि बढेका छौँ । न्याय प्राप्तिका लागि काठमाडौं अदालत प्रवेश गर्दै गर्दा कम्तीमा सहज ढंगबाट न्याय प्राप्तिका लागि यो पहल गरिएको हो ।”  प्रविधिमैत्री अदालत नबनेसम्म नागरिक र सेवाग्राहीले न्याय नपाउने उनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध