Nic Ad Nic Ad
Nic Ad Nic Ad

पार्टीको विधान संशोधन गर्ने नेकपा समाजवादीको तयारी 

सोमबार, पुस २, २०८०

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ । 

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको सचिवालय बैठकमा पार्टीको विधान संशोधन कार्यसमितिले विधान संशोधन प्रस्ताव पेश गरेको हो ।

आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका संगठन बिभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वको समितिले सचिवालय बैठकमा प्रस्ताव पेश गरेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । विधान संशोधन प्रस्तावमाथि मंगलबार पनि सचिवालय बैठकमा छलफल हुने उनले बताए ।

प्रस्तावमाथि आएका सुझावहरुलाई समेटेर अघि बढाइने उनले बताए । सचिवालयको बैठकपछि पौषको ९ गते स्थायी कमिटी, १० गते पोलिट्व्युरो र पौष ११ र १२ गते केन्द्रीय कमिटिको बैठक बस्ने समाजवादीले जनाएको छ । त्यस्तै समाजवादीले माघको १४ र १५ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ । 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्