नेभिगेशन
अटोमोबाइल्स
एक्सचेन्ज एक्ट्राभगान्जा

‘टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा’ पोखरामा सुरु

पोखरा– टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आजबाट पोखरामा न्यूरोडस्थित सिटी स्क्वायर ब्याब्केटमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सुरु भएको छ ।

आजदेखि सुरु भएको एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुलेकुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा २५ हजार रुपैयाँसम्मको थप भ्यालुएसन पाउन सक्नुका साथै शून्य प्रतिशत ब्याजमा टिभिएस आईक्युब खरिद पनि गर्न सकिने कम्पनीले जनाएको छ । 

त्यसैगरी, जम्मा एक लाख ७ हजार रुपैयाँको डाउनपेमेन्टमा नै टिभिएस आईक्युब खरिद गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ । साथै, यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एक्सेसोरिज र फ्रि राइडको मजा पनि लिन सक्नेछन् ।

टिभिएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्युब नाडा अटो शोमा लन्च गरेको थियो । यो एक्सचेन्ज एक्ट्राभगान्जा पुस २ गतेदेखि पुस ६ गतेसम्म टिभिएसकोपोखराको लागि आधिकारिक डिलर बतास ब्रदर्श प्रा. लि.ले सञ्चालन गर्दैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अटोमोबाइल्स