Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल सुपर लिग–२

एनएसएलमा काठमाडौँ र धनगढीले अंक बाँडे

सोमबार, पुस २, २०८०

काठमाडौँ– नेपाल सुपर लिग–२ (एनएसएल) मा साविक विजेता र उपविजेता टोली काठमाडौँ रेजर्स र धनगढी एफसीले बराबरी अंक बाँडेका छन् ।

आज दशरथ रंगशालामा काठमाडौँ र  धनगढीबीच भएको खेल १–१ को बराबरीमा सकिएपछि दुबैले समान १–१ अंक बाँडेका हुन् ।

खेलको १५औं मिनेटमा धनगढीले खेलमा अग्रता लिन सफल भयो ।  काठमाडौंका आन्द्रेस नियाले किपरलाई पास दिन खोज्दा अहमद हिजाजीले बलमा पुगेर किपर एन्जल श्रेष्ठमाथि चिप गर्दै पहिलो गोलमार्फत  धनगढीलाई अग्रता दिलाए ।

खेलको ६६औं मिनेटमा भने काठमाडौँले खेललाई बराबरी ल्याउन सफल भयो । तोजीदिनोभको क्रसमा किंगे ओलिभरले हेडर मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

धनगढी अहिलेसम्म लिगमा अपराजित रहँदै ६ खेलमा १२ अंक जोडेर पहिलो स्थानमा छ । काठमाडौं भने ५ खेलमा ९ अंक सहित चौथो स्थानमा यथावत छ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  २०:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार