यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३४ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८० ०६:२९
प्रतिक्रिया दिनुहोस्