नेभिगेशन
समाज विविध

मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौँ - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। हाल देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। आगामी तीन दिन मौसम सामान्यतय सफा रहने महाशाखाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध