श्रीलङ्काकामा ४ सय निकायको इजाजत पत्र निलम्बन
काठमाडौँ - इजाजत पत्रको शर्त उल्लङ्घन गरेको ४०० वैदेशिक रोजगारसम्बन्धी निकायलाई कारबाही गरिएको छ ।
श्रीलङ्काका अधिकारीहरूका अनुसार विगत १२ महिनामा वैदेशिक रोजगारसम्बन्धी ४०० संस्था निलम्बनमा परेका हुन् ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा कोलम्बोमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले सोही अवधिमा २०० वैदेशिक रोजगार एजेन्सीको इजाजत पत्र रद्द गरिएको जानकारी दिए ।
मन्त्री नानायककाराले वैदेशिक रोजगार एजेन्सी र सरकारी निकायले प्रदान गर्ने सेवाको गुणस्तर सुधारका लागि सरकारले कदम चालेको बताए ।
सन् २०२३ को नोभेम्बरको अन्त्यसम्ममा दुई लाख ७५ हजारभन्दा बढी श्रीलङ्कालीहरू वैदेशिक रोजगारीमा गइसकेका छन् ।
आप्रवासी कामदारहरूको विप्रेषण श्रीलङ्काका लागि वैदेशिक राजस्वको एक प्रमुख स्रोत हो ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८० ०७:२९
प्रतिक्रिया दिनुहोस्