चर्चित गायिका पुर्णिमा लामा दुबईमा सम्मानित
काठमाडौँ - नेपाली गीत संगीत क्षेत्रका चिर परिचित गायिका पुर्णिमा लामा दुबईमा सम्मानित भएकी छिन ।
नेपाली राजदुतावास कार्यलय दुबई का दितिय सचिव भुपेन्द्र घिमिरे को प्रमुख आतिथ्य तथा रोयल मुभिज प्रा.लि. नेपाल र सिन्धुपाल्चोक सेवा समाज दुबई को सयुंक्त आयोजनामा सम्पन्न ५ औ ज्योती फिल्म्स म्युजिक अवार्ड २०८० समारोहमा गायिका लामा "ज्योती फिल्म्स संगीत रत्न" सम्मान द्वारा सम्मानित भएकी हुन् ।
मिती २०२३ डिसेम्बर १७ तारिखका दिन दुबई स्थित होटेल याक एन्ड यति एभरेस्ट ग्रान्ड एस्टोरिया होटेल वर दुबईमा भएको ५ औ ज्योती फिल्म्स अवार्ड समारोहमा गायिका लामालाई "ज्योती फिल्म्स संगीत रत्न" सम्मान द्वारा सम्मान गरिएको हो ।
नेपाली गीत संगीत क्षेत्रमा चम्किलो ताराको रूपमा आफ्नो स्थान जमाउन सफल हुनु भएको भन्दै कार्यक्रमका प्रमुख अतिथी भुपेन्द्र घिमिरेको हातबाट सम्मान पत्र प्रदान गरि चर्चित गायिका पुर्णिमा लामालाई सम्मान गरिएको थियो ।
नेपाली गीत संगीत क्षेत्रको संबर्धन र प्रबर्धन का निम्ति लामाको महत्त्वपूर्ण योगदान रहेको भन्दै उहाँको योगदानलाई उच्च मुल्यांकन गर्दै आयोजक समितिद्वारा लामालाई सम्मान गरिएको हो ।
"मुटु जलि खरानी भो " फुल भनौ जिन्दगी लाई , जस्ता दर्जनौ चर्चित गीत गाई सक्नु भएका लामाले हालै मात्र पनि उस्तै कर्ण प्रिया गीत "धेरै माया नगर्नु यहाँ कसैलाई" सार्बजनिक गर्नु भएको छ । कार्यक्रमको शिलसिलामा हङकङ , कोरिया, कतार, मलेसियामा दुबई पुगि स्वोदेश फर्किसकेका लामा कार्यक्रमकै शिलसिलामा हाल केही दिन अघि मात्र दुबई पुगेकी हुन ।