Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवनबाट ३८० किलो गाँजासहित २ जना पक्राउ

मंगलबार, पुस ३, २०८०

काठमाडौं- चितवनमा ३८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । प्रहरीले मंगलबार बिहान भरतपुर महानगरपालिका –१ आँपटारीबाट दुई जनालाई गाँजासहित पक्राउ गरिएको हाे ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच–०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाएको २८ पोका बरामद गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
८५ किलो गाँजासहित ३ जना पक्राउ
शुक्रबार, मंसिर ७, २०८१

२२१ केजी गाँजासहित एक जना पक्राउ
आइतबार, कात्तिक ११, २०८१