Nic Ad Nic Ad
Nic Ad Nic Ad

संयुक्त राष्ट्रसङ्घद्वारा ‘सिंथेटिक ड्रग्स’ विरुद्धको प्रस्ताव पारित 

मंगलबार, पुस ३, २०८०

संयुक्त राष्ट्रसङ्घ– संयुक्त राष्ट्रसङ्घको महासभाले सोमबार ’सिंथेटिक ड्रग्स’ले उत्पन्न गरेको विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नका लागि कदम चाल्न आह्वान गर्ने प्रस्ताव पारित गरेको छ ।

सो प्रस्तावमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूलाई साझा जिम्मेवारीको सिद्धान्त अनुरूप राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रियस्तरमा घरेलु कानून र परिस्थितिअनुसार विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौतीहरू सम्बोधन गर्न समन्वयात्मककार्य गर्न आह्वान गरिएको छ । 

सिंथेटिक औषधिहरूको अवैध उत्पादन र ओसारपसार, साथै गैर–चिकित्सा र गैर–वैज्ञानिक उद्देश्यका लागि तिनीहरूको वितरण, उपभोग र प्रयोगले विकराल समस्या निम्त्याउन सक्ने खतरालाई विशेष रूपले सम्बोधन गर्न सो प्रस्राव प्रस्तुत गरिएको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १९:०१
प्रतिक्रिया दिनुहोस्