Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल सुपर लिग

बाहिरिएको इलामले अपराजित ललितपुरलाई हरायो

मंगलबार, पुस ३, २०८०

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा प्लेअफ समिकरणबाट बाहिरीसकेको स्पोर्टिङ इलामले अपराजित ललितपुर सिटी एफसीलाई पराजित गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । इलामका लागि खेलको ५९औँ मिनेटमा फोडे कमराले गरेको एक गोल नै निर्णायक गोल सावित भयो।

प्रतियोगितामा अपराजित रहेको ललितपुरको यो पहिलो हार हो । यस हारसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । सात खेल खेलेको ललितपुर १० अङ्कसहित तेस्रो स्थानमा छ । यस जितसँगै इलाम आठ खेलबाट ८ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १९:२३
प्रतिक्रिया दिनुहोस्